नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

कावासोती । नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। मध्यबिन्दु जिल्ला अस्पतालमा उपचाररत देवचुली नगरपालिका–१ बस्ने ७८ वर्षीया पुरुषको मृत्यु भएको छ। भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।…

भरतपुर अस्पतालको स्वाव दिने ठाउँमै भीडभाड, संक्रमण फैलने डर

कोरोना भाइरसको दोस्रो लहर फैलिदो क्रममा रहेसँगै कोरोना भाइरसको सक्रमण रहे नरहेको परीक्षण गराउनेहरु बढिरहेका छन् । भरतपुर अस्पतालले नयाँ बनेको कुरुवा घर भवनमा ज्वरो क्लिनिक संचालन गरेकोछ । त्यहाँबाट स्वाव संकलनको काम गर्ने अस्पतालले…

पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा भर्ना भएका ११ जनाको उपचारका क्रममा मृत्यु भएको हो । आइतबार पोखराका मणिपाल शिक्षण अस्पताल, मेडिप्लस अस्पताल र पोखरा स्वास्थ्य विज्ञान…

बढ्याे आज सुनको मूल्य

आज सुनको मूल्य १ सयले बढेर ९१ हजार ८ सय रूपैयाँ पुगेको छ ।शुक्रबार सुन प्रतितोला ९१ हजार ७ सयमा कारोबार भएको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रूपैयाँ थियो । आज तोलामा १ सयले…

उदयपुरमा आगलागी हुँदा करीब डेढ करोड बराबरको क्षति

उदयपुरमा भएको आगलागीबाट १ करोड २० लाख रूपैयाँ भन्दा बढीको क्षति भएको छ । गएराति चदण्डीगढीको विरेन्द्र बजारस्थित कला राइको घरमा विद्युत् सट भइ आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट शिशिर राई, विक्रम राई, बुद्ध मगर र कृष्णकुमारी मगरको…

लुम्बिनीमा फेरि आयो मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव

´अविश्वासको  प्रस्ताव दर्ता भएको छ, सभामुखले अगाडि बढाउन पनि सक्नुहुन्छ। संवैधानिक व्याख्याको आवश्यकता पनि पर्न सक्छ,´ प्रदेश सभा सचिव दुर्लभ पुनले भने संविधानले सरकार गठन भएको पहिलो दुई वर्षसम्म अविश्वास प्रस्ताव पेश गर्न नपाइने…

सुपर लिग : आज काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौं रेजर्स र एफसी चितवनबीचको खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामखेल साँझ साढे ५ बजे हुने खेलमा प्रतियोगितामा जितविहिन एफसी चितवनले शीर्षस्थानको होडमा रहेको काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा…

माधव-झलनाथ समूहको आज बैठक बस्दै,राजीनामाबारे छलफल गर्न

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका आज बैठक बस्ने भएको छ । आजको बैठकमा झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न बैठक बोलाइएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए । हिजो…

तनहुँमा १०० शय्याको आइसोलेशन कक्ष स्थापना

कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै तनहुँका १० पालिकामध्ये सात पालिकाले १०० शय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरेका छन् । कोरोना सङ्क्रमितलाई सुरक्षित स्थानमा राखेर  उपचार गर्नका लागि तनहुँका अधिकांश पालिकाले व्यवस्थित आइसोलेशन…

हेलिकोप्टरमा चितवन ल्याउँदै कोरोना संक्रमित

राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ संक्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ संक्रमित ल्याउने क्रम बढेको हो । जिल्लाको सरकारी भरतपुर…