गृहमन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो । नेकपा एमाले प्रवेश…

डढेलोले तीन करोड ७० लाख क्षति

डढेलोका कारणले मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्ममा तीन करोड ७० लाख मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा विभिन्न स्थानमा डढेलो कारण ३८ घर जलेर नष्ट भएको छ ।…

कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी…

गैँडा गणना आज सकिने

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार…

वनमा लागेको डढेलो नियन्त्रण : वन

चितवनका वनहरुमा लागेको डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय चितवनले जनाएको छ । यहाँका वनहरुमा लागेको डढेलो नियन्त्रणमा आइसकेको र अहिले कुनै पनि सामुदायिक, कबुलियती तथा अन्य वनहरुमा डढेलो नलागेको डिभिजन वनले दाबी गरेको छ । डिभिजन वन…

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढेर नेपाली बजारमा प्रतितोला ८९ हजार ९सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको…

शैक्षिकसंस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था बन्द गर्न सिफारिस गरेको छ । स्कुले बालबालिकामा नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै मन्त्रालयले शैक्षिक संस्था बन्द गर्न कोभिड–१९ ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी)…

दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

सप्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार राति स ८ प ७३३० र स ६ प ५२४३ नम्बरको मोटरसाइकल ठोक्किँदा ३५ वर्षीय अनवर अलिको मृत्यु भएको हो । स६प ५२४३ नम्बरको मोटरसाइकलका चालक उनको उपचारका लागि लैजाने क्रममा…

नवलपरासीका सहित ८ जिल्लाका सीडीओ फेरिए

गृह–मन्त्रालयले पश्चिम नवलपरासीका सहित ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आठ जिल्लाका प्रजिअसहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् । अध्यागमन विभागको महानिर्देशकमा…

सभामुखलाई प्रभावकारी भूमिका खेल्न सत्तापक्षको सुझाव

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाका गतिविधि र काम कारवाहीलाई प्रभावकारी तुल्याउन सभामुखको विशेष पहल र भूमिका आवश्यक रहेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का लालबाबु पण्डितले संसद् र संसदीय व्यवस्थामाथि…