रोकिएन विद्यालयमा चोरी हुने क्रम, प्रहरी मुकदर्शक बन्दै

427








कावासोती । नवलपुरको कावासोती क्षेत्रमा रहेको विद्यालयहरुमा चोरी हुने क्रम बढेको छ ।
एउटै विद्यालयमा दुई दुई पटकसम्म चोरी हुने थालेपछि विद्यालयमा आतंक नै छाएको छ । मुस्किलले विद्यालयमा आउने भौतिक सामग्री तथा अपकरणहरु भकाभक चोरी हुन थालेपछि विद्यालयमा आतंक नै छाएको हो ।
कावासोती –३ अट्ठाइस विगाहमा रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयमा पुनः चोरी भएको छ । विद्यालयको बालविकास केन्द्र, कम्प्युटर ल्याब र पुस्तकालयमा लगाइएको ताला र चुकुल फुटालेर कम्प्युटर ल्याबमा रहेका ३ थान ब्रान्डेड कम्प्युटर चोरी भएको विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपानेले जानकारी दिए ।
शनिबार विद्यालय बन्द रहेकाले शुक्रबार वा शनिबार राती चोरी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यसअघि पनि दशैं बिदामा विद्यालय बन्द रहेको मौका छोपी सो विद्यालयबाट टेलिभिजन, प्रोजेक्टर लगायतका सामाग्रीहरु चोरी भएको थियो ।
चोरीका घटना वारंवार दोहोरिएकाले प्रहरी प्रशासनको कार्यशैली प्रति पनि स्थानीय असन्तुटि देखिन थालेको छ । यस अघि कावासोतीकै शिव माविमा दुई पटक चोरी भएको थियो ।
त्यसैगरी नवदुर्गा आधारभूति विद्यालयमा पनि चोरी भएको छ । त्यस्तै डण्डाको दीपेन्द्र आधारभूति विद्यालयमा पनि चोरी भएको छ ।
त्यसका अलवा अन्य विद्यालयहरुमा पनि रातको समयमा ढोका तोडफोड हुने विद्यालय बाहिर रहेका सिसी क्यामरा लगायतका सागम्री चोरी हुने गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट ३०० मिटर देखी सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यालयबाट १०० मिटरको दुरीमै रहेको विद्यालयमा समेत चोरीको घटना दोहोरीनुले जनमानसमा प्रहरीको कार्यसैली र शान्ति शुरक्षाका हिसावले विद्यालयहरु अशुरक्षित भएको गुनासो बढेको हो ।
ति घटनामा संलग्न कसैलाई पनि प्रहरीले समात्न सकेको छैन् । विद्यालयमा मुस्किलले जोड सकिने यस्ता उपकरण तथा भौतिक सामग्रीहरु चोरी हुँदा विद्यालयलाई ठूलो क्षति पुग्ने गर्दछ ।
यस अघि शिव माविमा चोरी हुँदाको वखत रातको सिसी क्यामराले कैद गरिएका दुई जना मानिस देखिएको भए पनि प्रहरीले ति दुई जनाको बारेमा अझै पत्ता लगाउन सकेको छैन ।
चोरी कार्यमा संलग्न व्यक्ति र चोरी भएको सामाग्रीको खोजी भैरहेको र केहि संकास्पद ब्यक्तिलाई सोधपुछकालागि नियन्त्रण लिएर सोधपुछ पछि छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

 




कावासोतीको जनविकास विद्यालयमा चोरी

 

कावासोतीको शिव माविमा पनि चोरी

 

कावासोतीको नवदुर्गा विद्यालयमा चोरी

 

 

 



You might also like
Loading...