समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

भुकम्प दिवसमा कावासोतीमा प्रभातफेरि – भिडियो सहित

कावासोती । २३ औं भुकम्प सुरक्षा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको कावासोतीमा शुक्रबार सचेतनामूलक प्रभातफेरि गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट कावासोतीमा निकालिएको प्रभातफेरि फलफूल चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।…

किसानहरुलाई कृषि उपकरण सहयोग

हरि शर्मा - परासी, १ माघ:  कृषि बालीमा सहयोग पु¥याउने उद्देश्यले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका किसानहरुलाई टेक्टरसहितका कृषि उपकरणहरु उपलब्ध गराइएको छ । सहमति संस्था गैंडाकोटले त्यस क्षेत्रका गहुँ तथा धानबाली उत्पादक…

कक्षा ११ को पाठयक्रम अन्यौलता टुंग्याउन माग गर्दै कावासोतीमा प्रदर्शन

कावासोती । कक्षा ११ को पाठ्यक्रमको अन्यौलता तत्काल टुग्याउन माग गर्दै पूर्वी नवलपरासीको कावासोतीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सोमबार कावासोतीमा युथ काँग्रेसको नाममा विद्यार्थीहरुले पाठ्यक्रममा अन्यौलता हुँदा विद्यार्थीहरुको…

कावासोती नगरपालिकाले शुरु गर्यो व्यक्तिगत घटनाको अनलाइन अभिलेखिकरण

नवलपरासी, २३ पुस । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनाको अनलाइन अभिलेखिकरण शुरु गरेको छ । विहीबार कावासोती नगरपालिका नगरप्रमुख चन्द्रकुमारी पुनले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनाको अनलाइन…

मध्यविन्दुका अपाङ्गता भएकालाई २१ थान टाइसाइकल र ह्वली चियर वितरण

सालिकराम भट्टराई - नवलपरासी, २२ पुस । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा बुधबार ह्वील चियर प्रयोगकर्ता अपाङ्गता भएका २१ जनालाई टाइ साइकल र ह्वली चियर वितरण गरिएको छ । अपाङ्ग पुनस्थापना समन्वय परिषदको आयोजना राष्ट्रिय अपाङ्ग…

देवचुलीका सरोकारवालाको गुनासो, शिक्षामा कम बजेट विनियोजन

नवलपरासी, १९ पुस । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले शिक्षा क्षेत्रको बजेट विनियोजनदेखि दरबन्दी मिलानमा विभेद गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । आइतबार देवचुली नगरपालिकाका सामुदायिक विद्यालयहरुको विद्यालय व्यवस्थापन…

नेपालमा पनि उर्दुअरबी उच्च शिक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह

परासी, १९ पुष । काश्मिरी जामा मस्जिद काठमाण्डौका ईमाम काजिए नेपाल हजरत मौलाना मुफ्ती उस्मान बरकाती मिस्बाहीले नेपालमा पनि उर्दुअरबीको उच्च शिक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्नु भएको छ । शनिवार राष्ट्रिय ओल्मा काउन्सिल अफ नेपाल…

ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरमा श्रेष्ठ

नवलपुर । ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरको शुक्रबार कावासोतीमा भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनले महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठको प्रमुख…

नवलपुरमा कुहिरोः गण्डकीमा पानी पर्ने सम्भावना

आज नवलपुर लगायत देशैभरका तराई तथा भित्री मधेस क्षेत्रहरुमा कुहिरो लागेको छ । नवलपुर, चितवन, नवलपरासी कुहिरोसँगै चिसोपन बढेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आज धेरै ठाउँहरुमा कुहिरो छ । दिउँसोतिर कुहिरो हटेपनि पारिलो घाम लाग्ने सम्भावना…

कावासोती नगरपालिकाले शुरु गर्यो लालपूर्जा वितरणका लागि भूमिहिन र अव्यवस्थित बसोबासको लगत संकलन

नवलपरासी, १६ पौष । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन शुरु गरेको छ । नगरपालिका भित्र रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा वितरण गर्न लगत…