बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री बनेको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आज आफ्नै निवासमा बैठक राखेका…

सिद्धबाबामा माथिबाट खसेको ढुंगा लागेर सहचालकको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुंगा लागेर जिपका सहचालकको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार राति ८ बजे माथिबाट एक्कासि खसेको ढुंगा लागेर सहचालक…

प्रचण्ड र माधव नेपालबीच भेट, सरकारमा सहभागी हुने विषयमा छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज विहान भएको भेटवार्तामा नेपाल पक्ष सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताइएको छ। स्रोतका अनुसार कोटेश्वरमा…

स्रोत नखुलेको भारुसहित ३२ लाख ९० हजार बरामद

हरि शर्मा - परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित भटौलियाबाट प्रहरीले सोमबार स्रोत नखुलेको ३२ लाख ९० हजार रुपैयाँ बरामद गरेको छ । रकमसँगै एक भारतीय नागरिक र अर्का नेपाली नागरिकसमेत पक्राउ परेका छन् । बरामद भएको रकममा ९…

५६ बर्षदेखि सीमा रक्षाको लागि लड्दै सुस्ताबासी, न सरकारले सुन्यो, न भारतले टेर्यो

रामकुमार श्रेष्ठ - नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा पर्ने सुस्ता कुनै बेला सिंगो गाउँ पञ्चायत थियो । विस्तारै सुस्ता गाउँ पञ्चायतबाट अहिले एउटा गाउँपालिकाको आधा वडामा सीमित भएको छ । ४० हजार नौ सय ८० हेक्टर जमिन रहेको…

चितवनमा परीक्षणको झन्डै एक चौथाइमा देखियो कोरोना

चितवन जिल्लामा जम्मा परीक्षणको एक चौथाइमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनले निकालेको तथ्यांक अनुसार जम्मा परीक्षणको एक चौथाइमा कोरोना संक्रमण देखिएको हो । साउन एक गतेदेखि हालसम्म चितवनमा १३ हजार ९९० जनाको कोरोना परीक्षण…

यथास्थितिमै थपियो नवलपुरमा निषेधाज्ञा, ३२ गतेसम्म थप

नवलपुर । पूर्वी नवलपरासीमा पूर्ववत अवस्थाकै अवस्थामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको विपद व्यवस्थापन समितिको वैठकले निषेधाज्ञा ३२ सम्म थप गर्ने निर्णय गरेको हो । नवलपुरका…

पश्चिम नवलपरासिमा किशोर किशोरीहरुलाई जिवनवृति योजना सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न,

महेश यादव, १८ स्ट्रोम फाउन्डेसन नेपालको सहयोग तथा एविसि नेपालको आयोजनामा जिल्लाको पाल्हिनन्दन, सरावल र सुस्ता गाउँपालिकाका किशोर किशोरीहरुलाई जिवनवृति योजना सम्बन्धि परामर्श कार्यक्रम अाज सम्पन्न भएको हो । एविसि नेपालका क्षेत्रिय…

लागुऔषधसहित एक जना पक्राउ

औषधीजन्य लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका–५ सिरहाका २६ वर्षीय प्रभुनारायण सिंह रहेका छन् । सिंहको साथबाट प्रहरीले ४ हजार ७ सय ४० थान…

इपीएस परीक्षा पास गरेकालाई कोरिया पठाउन निर्देशन

संसदीय समितिले इपीएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले इपीएस परीक्षा पास गरेर बसेका कामदारलाई…