बिनाविभागीय ३ मन्त्रीलाई जिम्मेवारीको टुंगो, अरु मन्त्री बजेट पारित भएपछि थपिने

पोखरा । गण्डकीमा लामो रस्साकस्सी पछि ठूला मन्त्रालयलाई थाँती राखेर मन्त्रीलाई मन्त्रालय भाग लगाइएको छ । सबैको दाबी रहेको अर्थ र भौतिक पूर्वाधार विकास मन्त्रालय खाली छोडेर मन्त्रीहरुको जिम्मेवारी तोक्ने सहमति भएको हो । जेठ २९ गते…

गैँडाकोटको बजेट ८० करोड ६० लाख, बाँझो जग्गारहित नगर कार्यक्रम

गैँडाकोट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ८० करोड ५९ लाख ५३ हजार बराबरको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न नवौँ नगरसभामा प्रमुख छत्रराज पौडेलले प्रस्तुत गरेको नीति तथा…

प्रतापपुरको बजेट ६९ करोड ५७ लाख

श्याम थापा - पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि कुल ६९ करोड ५७ लाख ८० हजार ८ सय ३ रुपैया बराबरको बजेट ल्याएको छ । गाउँपालिका कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरीको अध्यक्षतामा भएको…

बौदीकाली गाउँपालिकामा एकल पुरुषलाई मासिक २ हजार भत्ता

पूर्वी नवलपरासी — नवलपरासीको बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । छैटौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ । गाउँपालिकाका प्रमुख…

परासीमा पटका पड्काउँदै वैवाहिक कार्यक्रम गर्ने दुलहीका बाबु सहित ५ जना पक्राउ

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा निषेधाज्ञाको समयमा धुमधामसँग वैवाहिक कार्यक्रम आयोजना गरेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । रामग्राम–५ महेशपुर चोक नजिक शिवशंखर उपाध्यायको छोरीको विहेमा पटका पड्काउने र होहल्ला…

बुलिङटार गाउँपालिकाको बजेट ४० करोड ८५ लाख ६६ हजार

नवलपुर । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुलिङटार गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ का लागी अनुमानित आय ४० करोड ८५ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट…

सुस्ताको कुल बजेट ५७ करोड ४६ लाख: कृषि,शिक्षा,स्वास्थ्य र पुर्वधार बिकासमा जोड

श्याम थापा - सुस्ता १० असार - पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि कुल ५७ करोड ६४ लाख ४६ हजार १ सय ७२ रुपैया बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा भएको गाउँपालिकाको ९…

चितवनका १०७ संक्रमणमुक्त, ८६ जना थपिए, दुईको मृत्यु

भरतपुर । चितवनमा पछिल्लो २४ घन्टामा ८६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज शुक्रबार एकैदिन ८६ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या १०७ जना रहेका छन् । २ जनाको कोरोना संक्रमणका कारण मृत्यु…

नवलपुरमा आजदेखि पसल तथा सरकारी कार्यालय खुल्ला; हाटबजार, विद्यालय जस्ता भिडभाड हुने क्षेत्र खोल्न…

नवलपुर । पूर्वी नवलपरासीमा शुक्रबारदेखि निषेधाज्ञा खुकुलो गरिएको छ । गएराति १२ बजेबाट सकिने निषेधाज्ञा भने असार १८ गते राति १२ बजेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरद्वारा जारी सूचनामा निषेधाज्ञा असार १८…

सीमाबाट छिरेका भारतीय श्रमिकलाई फिर्ता पठाइयो

हरि शर्मा - परासी । पश्चिम नवलपरासीका विभिन्न सीमावर्ती नाकाबाट छिरेका खेत रोप्ने भारतीय श्रमिकलाई बिहीबार फिर्ता पठाइएको छ । सीमावर्ती नाकामा आउजाउमा रोक लगाइएपनि करिब २ हजार बढीको संख्यामा भारतीय श्रमिकहरु जिल्ला छिरेका थिए ।…