कावासोती नगरपालिकाले नगरपालिकाका १ सय ४ घर विपन्न परिवारको घर बनाउदै

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र रहेका विपन्न परिवारका लागि १ सय ४ वटा घर बनाइदिने भएको छ । विपन्न समुदायका लागि आवास कार्यक्रम अन्तरगत १५ वटा, जनता आवास कार्यक्रम अन्तरगत १२ वटा र खरको छानो…

ठिमुरा पुलबाट खसेर बेपत्ता भएका दुई मजदुर मृत फेला

भरतपुर । ठिमुरा र देवघाट जोड्ने पुलको निर्माणका क्रममा पुलबाट खसेर वेपत्ता भएका दुई मजदुरहरुको शव बुधबार बिहान फेला परेको छ । वेपत्ता भएका सुजित माझी र श्यामबाबु पाठकको शव घटनास्थलबाट नौ सय मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला…

लकडाउन हुने भएपछि २ दिनमा काठमाडौंबाट १ लाख मानिस बाहिरिए

कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा (लकडाउन) गर्ने भएपछि २ दिनमा काठमाडौंबाट १ लाख मानिस बाहिरिएका छन् । सरकारले दुई साताको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यकाबाट बाहिरिनेको भिड बढेको हो । उपत्यकाबाट मंगलबार मात्र…

अवैध रुपमा सुन ल्याउँदै गर्दा विमानस्थलबाट एक पक्राउ

अवैध रुपमा ल्याउँदै गरेको करिब ८ सय १२ ग्राम सुन जस्तो देखिने धातु सहित मोरङ स्थायी वतन भएका सुरेश कुमार शर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जजिरा एयरलाइन्सको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका राहदानी नम्बर…

नेताहरुमा कोरोना देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।  नेताहरुलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित गर्नुपरेको काँग्रेस नेता डा. प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए । ‘नेताहरुलाई कोरोना देखिएको छ । त्यही भएर आजका लागि बोलाइएको बैठक…

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, आजै शपथको तयारी

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री पौडेलले ३ मन्त्री र ७ जना राज्यमन्त्री…

वडाध्यक्षको पहलमा निर्मित घर हस्तान्तरण

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठको पहलमा निर्माण गरिएको २ कोठे घर विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । कावासोती ३ सुकुम्बासी टोल निवासी पूर्णबहादुर विकलाई वडा अध्यक्ष श्रेष्ठले २ कोठे घर निर्माण…

कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स

महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय कोरोना​ भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र…

टिपरको ठक्करबाट मृत्यु

सप्तरी । टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ । नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । मृतकका साला पञ्चदेव खङ्गका…

बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन

बाँके । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ । दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत उपभोक्ता…