ओली– नेपाल समूह वार्ता : दुबै पक्ष आआफ्नै अडानमा

२ चैत, काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल-माधवकुमार नेपाल समूहबीच सम्वाद सुरु भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष नेताहरुबीच भएको वार्तामा दुबै पक्षले आ आफ्नो धारणा राखेका छन् । ‘दुबै पक्षले आ…

सफ्टवेयर सोर्स कोड दुरुपयोगको आरोपमा ३ जना पक्राउ

२ चैत, काठमाडौं । सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दाङको लमही नगरपालिका– ५ का बिमल केसी, रुपन्देहीको मायादेवी गाउँपालिका–५ का श्यामबहादुर चौधरी र नवलपरासी पूर्वको कावासोती…

प्रदेश २ का ५ जना नेकपा एमालेमा प्रवेश

प्रदेश २ का ५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । विभिन्न राजनीतिक दल परित्याग गरी एमालेमा प्रवेश गरेका उनीहरुलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे । एमाले प्रवेश गरेका डा. रामपरिक्षण यादव, गिरिजा नन्दन…

कर्णाली करिडोरको काम प्रभावित

हुम्ला । राष्ट्रिय गौरवको योजनाअन्तर्गत हिल्सा– सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक खोल्ने कार्यमा कडा चट्टानी भिर विस्फोट गर्न ‘नेपालइँट ३००० केजी’  काठमाडौँबाट गत फागुन १२ गतेसम्म सुर्खेतमा ल्याइसकिए पनि नेपाली सेनाको स्काई…

बालविवाहमुक्त वडा घोषणा गर्ने अभियान

भरतपुर महानगरको सहयोग र महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था नेपालको आयोजनामा नगरस्तरीय समन्वयात्मक बैठक आइतबार भरतपुर महानगर कार्यालयमा बसेको छ । भरतपुर महानगर वडा नं–२९ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियानअन्तर्गत सरोकारवालाबीच…

असी बिघामा सामूहिक तरकारीखेती

अमृतनगर । भरतपुर महानगरपालिका–२५, अमृतनगर जनज्योति टोलका १९ जना उत्साही युवाहरु सामूहिक कृषिकर्ममा जुटेका छन् । बाबुआमाले गर्दै आएको तरकारीखेतीलाई निरन्तरता दिन ‘युवा आधुनिक कृषि सामूहिक खेती ’ समूह गठन गरेर ८० बिघा जमिनलाई चक्लाबन्दी गर्दै…

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो

लोथर (कान्दा) । पास भएर पनि पटकपटक एउटै कक्षामा पढ्ने रहर कसलाई होला र ! तर, माथिल्लो कक्षामा पढ्ने अवसर नपाउँदा एउटै कक्षामा पटकपटक पढ्न बाध्य चितवनको विकट पहाडी चेपाङ गाउँ कान्दाका विद्यार्थी अहिले उक्त समस्याबाट मुक्त भएका छन् । अहिले…

चितवनका किसानले एनसीसी बैंकबाट ५ करोडसम्मको सहुलियतपूर्ण कर्जा पाउने

चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् । कर्जा दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको हो । नेपाल राष्ट्र…

नेकपा एमाले : सजिलो छैन पुनर्मिलन

२७ फागुन, काठमाडौं । शोक प्रस्ताव पारित गर्दै सकिएको बुधवारको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले छुट्टै अस्तित्वसहित उपस्थित भयो । दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु नहुँदै फर्किए पनि बाँकी नेताहरू २ जेठ २०७५ अगाडिको एमालेकै…

माओवादीको केन्द्रीय समिति आजपनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि बस्दैछ ।बैठक पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेपछि बस्नेछ । आजको बैठकमा कार्यसूची अनुसार केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् । आइतबारको बैठकमा अध्यक्ष…