रुखबाट खसेर मृत्यु

कावासोती । नवलपुरको मध्यबिन्दु नगरपालिका–७ अम्रसामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ५१ वर्षका गिरीराज खाँड ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । वन खुलेकाले बिहीबार…

रुकुमपूर्वका हिमशृंखला सेताम्मे,टेलिफोन सेवा अवरुद्ध

बिहीबारको हिमपातले रुकुमपूर्वका हिमशृंखला सेताम्मे बनेका छन् । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा बिहीबार हिमपात हुँदा पत्थर देखिने पुथा आसपासका साना हिमाल र सिस्ने हिमाल सेताम्मे बनेका हुन् ।…

युवाहरुबीच अनुभव आदानप्रदानका लागि छलफल

नवलपुर । राष्ट्रिय युवा परिषद्को युवा अनुभव आदानप्रदानको लागि देशका विभिन्न क्षेत्रबाट आएका युवा समुहसँग नवलपुरमा समेत अन्तरक्रिया तथा विदाइ गरिएको छ । नवलपुरमा रहेको जागृति बाल तथा युवा सरोकार नेपालले पर्यटकीय हिसावले उत्कृष्ट…

भर्खरैः कावासोतीमा चोरी, विस्तृत वितरण आउन बाँकी

कावासोती । पूर्वी नवलपरासीको कावासोती ८, जनजागरण टोलमा केही बेर अघि चोरी भएको छ । करिब ४ जनाको समूहमा आएका टोलीले माया न्यौपानेको घरबाट चोरी गरेको प्रत्यक्षदर्शी सागर लुइटेलले बताए । उनीहरुले घरमा तोडफोड गरी केही गरगहना र समानहरू…

बालबालिकालाई न्यानो कपडा वितरण

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउपालिकामा विहीबार समाजसेवी केशव थापाले बालबालिकालाई न्यानो कपडा (स्वीटर) वितरण गरेका छन् । बुवा गोपीराम थापा र छोरी आईरुना थापाको स्मृतिमा न्यायो अभियान अन्तर्गत पोशाक वितरण गरिएको थापाले बताए ।…

केकी को ‘कोही भन्छन् फूल मलाई’ सार्वजनिक [भिडियो]

गायिका सुमिता राईको डेब्यु एल्बम  ‘सगुन’  भित्र समावेश गीत 'कोही भन्छन् फूल मलाई' को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका राईको हालै सार्वजनिक म्युजिक भिडियो “कोही भन्छन् फूल मलाई” गीतका शब्द मुकेश राईले लेखेका हुन् भने गीतमा संगीत…

राष्ट्रियसभाको निर्वाचन माघ ९ गते

सरकारले राष्ट्रियसभाको निर्वाचन माघ ९ गते गर्ने भएको छ। सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्रीले गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषदले गरेको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन्। 'रिक्त…

४ सय ८० मेवाकाे फुकोट कर्णाली आयाेजनाकाे काम अघि बढ्याे

फुकोट कर्णाली जलविद्युत् आयोजनाले आयोजना प्रभावित क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाएको छ । प्रारम्भिक चरणको अध्ययन प्रतिवेदन तयार पारेर प्रभावित क्षेत्रको जग्गा अधिग्रहणका लागि ऊर्जा मन्त्रालयमा पत्र पठाएको र मन्त्री परिषद्…

हुम्लामा टिपर दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते

हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित पानी पाल्वाङमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।हुम्लाको उत्तरी हिल्सा नाकाबाट याल्वाङतर्फ आउँदै गरेको बा ५ खा ५३४४ टिपर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय…

बिहेमा आएका युवक नहरमा मृत भेटिए

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् । आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब…