जिप दुर्घटनामा दुईको मृत्यु

कात्तिक १५, २०७६ म्याग्दी : जिल्लाको मालिका गाउँपालिका–२ रुममा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नंको जिप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको हो।…

विप्लवका जिल्ला सदस्य अनिल सहित दर्जन बढी कार्यकर्ता वैद्य माओवादीमा प्रवेश

नवलपरासी, १५ कात्तिक । विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरेको घोषणा गरेको केही समय पछि विप्लव नवलपुरका जिल्ला सदस्य अनिल परियार वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । शुक्रबार नवलपरासीको सोह्र नम्बर…

बसको ठक्करबाट दुई बालकको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका–१ साझा चौकका ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका ८ का १२ वर्षीय लक्ष्मण चौधरी रहेका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको महाकाली…

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीको कप्तान मल्ललाई शुभकामना

काठमाडौँ, १५ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीको कप्तानमा छानिएक ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् । आज ट्वीट गर्दै उनले  कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने…

उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार

मंसिर १४ गते हुने उपनिर्वाचनको लागि केन्द्रीय सुरक्षा कार्ययोजना तयार भएको छ । शुक्रबार गृह मन्त्रालयमा आयोजित छलफलमा उक्त केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतिकरण गरिएको थियो । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी,…

कलाकारको कस्तो भयो तिहार ?

काठमाडौँ — यस वर्षको तिहार सकिएको छ । देश विदेशमा रहेका नेपालीले आ-आफ्नै चलन अनुसार तिहार मनाए । यसै सन्दर्भमा नेपाली चर्चित कलाकाहरुको तिहार कस्तो रह्यो त ? फेरी लाउँदै हिँडेँ मनोज गजुरेल, अभिनेता लक्ष्मीपूजाको दिन सिस्नुपानीको…

महराको बयान बन्द इजलासमा चल्दै

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान काठमाडौं जिल्ला अदालतको बन्द इजलासमा गरिएको छ । महराविरुद्ध बिहीबार जिल्ला सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरेको थियो । अदालतका…

अधिकांश दुर्घटना मोटरसाइकलसँग सम्बन्धित

चितवन — दसैं र तिहारका बेला चितवनमा यसपालि ठूला दुर्घटना भएनन् तर दुर्घटनामा मृत्युका जति घटना भएका छन्, ती सबै साना सवारीसाधन मोटरसाइकलसँग सम्बन्धित छन् । यी चाडका बेला भएको दुर्घटनामा परी चितवनमा सात जनाको ज्यान गएको छ । प्रहरीका…

नारायणीमा हाम फालेकाको अझै पहिचान हुन सकेन

लक्ष्मीपूजाका दिन एक बच्चासहित नारायणी नदीमा हामफालेका युवाको सनाखत हुन सकेको छैन । उनले काखमा बोकेको भनिएको बच्चाको अवस्था अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अन्दाजी ३० वर्षीय पुरुषको शव नदीमा भेटिएको…

प्रहरीले आफैं हतियार राखेर तरुण दलका नेतालाई फसाउन खोजेको आरोप

दाङ, १५ कात्तिक  । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले नेपालगन्ज उपमहानगरपालिकाका नगरसभापति संदिपजंग शाहलाई प्रहरीले आफै हतियार राखेर झुट्टा मुद्दामा फसाउन खोजेको आरोप लगाएको छ । नेपालगञ्जको वडा नं. १३ रामबाघ निवासी ३२ बर्षीय…