कावासोतीमा प्रदेश सरकारको सहयोगमा घरबास स्थापना

कावासोती २४,  असोज । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–१० मा घरबास (होमस्टे) स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा थारु समुदायको बसोबास रहेको चिलाहा रतौल क्षेत्रका…

चिनियाँ राष्ट्रपति सीको स्वागतमा आइतबार सार्वजनिक बिदा

चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका क्रममा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति सीको दुई दिने राजकीय भ्रमणको अवसर स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको…

नवलपरासीमा करेन्ट लागेर मृत्यु

पश्चिम नवलपरासीकाे बशहियामा बिहीबार  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धर्मकाटा जडान गर्नको लागी खाल्टोमा जमेको पानी मोटरबाट निकाल्न प्रयोग गरेको विद्युतीय मोटरको तार सर्ट हुदाँ बसहिया बस्ने २२ बर्षिय अभिमन्यु सिहं  कुर्मीको ज्यान…

दशैंकाे टीका लगाउने क्रम जारी

विजया दशमीको टीका मान्यजनहरुको हातबाट लगाउने क्रम जारी छ । विजयादशमीको शुभसाइत बुधबार नै सकिए पनि टीका लगाउने क्रम आज पनि जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा…

दाउन्ने एस मोडमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

बर्दघाट, असोज २३ ।दाउन्ने एस मोडमा बिहिवार (आज) साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृतकको पहिचान खुलीनसकेपनि उनको साथबाट फेला परेको चालक अनुमति पत्रमा रुपेन्द्र थापा उल्लेख रहेको…

कावासोतीको मौलाकालिका फर्निचर उद्योगमा आगलागी हुँदा ४० लाखको क्षति

नवलपरासी, २३ असोज । पूर्वी नवलपरासीको कावासोती ८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । आगलागीबाट फर्निचर उद्योगमा ४० लाखको क्षति भएको छ । आगलागीबाट फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेर नष्ट भएको…

९८ हजार नगदसहित जुवाडे पक्राउ

नेपाल प्रहरीले ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जुवा खेलिरहेका अरू तीन जना फरार रहेको…

कावासोतीको मौलाकालिका फर्निचर उद्योगमा आगलागी

शोभा जिसी - नवलपरासी, २३ असोज । पूर्वी नवलपरासीको कावासोती ८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । आगलागीबाट फर्निचर उद्योगको केही भाग जलेर नष्ट भएको भए पनि क्षतिको विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी…

कावासोतीको डण्डामा दुर्घटना, एकको मृत्यु, ३ जना घाइते (भिडियो सहित)

रामकुमार श्रेष्ठ -  कावासोती । नवलपरासीको कावासोती १६ डण्डामा बस र बलेरो एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट पश्चिमका लागि हिडेको ना ७ ख ५८१५ नं. को बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढतर्फ आउँदै…

भर्खरै: कावासाेतीमा बस र बलेराे ठाेकियाे एक जनाकाे घटना स्थलमै मृत्यु

कावासाेती । नवलपरासीकाे कावासाेती १६ डण्डामा बस र बलेराे एक आपसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु भएकाे छ। ना ७ ख ५८१५ नं. काे बस र लु २ च ६०७० नम्बरकाे बलेराे ठक्कर खाँदा एक जनाकाे मृत्यु भएकाे हाे । घटनाकाे विस्तृत विवरण अाउँन बाँकी छ…