महिला साफ : बंगलादेशले भुटानलाई हराएपछि नेपाल सेमिफाइनलमा

आयोजक नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको शहीद रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई बंगलादेशले २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै अन्तिम चारमा पुगेको हो । नेपाल रहेको समूह ए मा ब‌ंगलादेश र…

अनियमितता आराेप लागेका विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार पदमुक्त

काठमाडौं । सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई पदमुक्त गरेको छ । प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसको आधारमा कुलपति एवं…

विप्लव समूहलाई ३५ दिनभित्र हतियार बुझाउन सरकारको अल्टिमेटम

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव…

पाँच बजेपछि बन्द खुल्यो

विप्लव नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ता रिहाई, आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा लगायतका मागहरु राख्दै गरेको बन्द साँझ ५ बजेबाट खुलेको छ । उक्त पार्टीका अनुसार बन्द साँझ पाँच बजेबाट खुलेको हो ।

नवलपुर दिनभर बम आतंक !

रामकुमार श्रेष्ठ नवलपरासी, ३० फागुन । आफ्ना नेता कार्यकर्ताहरुको रिहाई तथा झुटा मुद्दा खारेजी लगायतका माग राख्दै विहीबार नेपाल बन्द गरेको विप्लवको बन्दको कारण नवलपुर दिन भर तनाब ग्रस्त रह्यो । नवलपुरमा अप्रिय घटना केही नभए पनि…

गैडाकोटमा भेटिएको दुई वटा सुतली र ५ वटा पेट्रोल बम निस्कृय, देवचुलीमा पनि बम

नवलपरासी, ३० फागुन । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाको जयश्री पुल नजिकै भेटिएको ७ थान बम, बम डिस्फोडल टोलीले निष्कृय बनाएको छ । विहीबार दिउँसो भेटिएको शंकास्पद बस्तु सेनाको टोलीले निष्कृय बनाउने क्रममा विस्फोटक पदार्थ भएको पृष्टि…

बिरामी बोकेको एम्बुलेन्स र प्रहरी चढेको गाडी ठक्कर खाँदा विरामी सहित ४ जना गम्भीर

नवलपरासी, ३० फागुन । बन्दको बेला गस्तीमा रहेको प्रहरी चढेको कार र एम्बुलेन्स ठक्कर खाँदा पूर्वी नवलपरासीमा ४ जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गको डण्डा चोरमाराबीच जंगलमा पर्ने चालिस किलो भन्ने ठाउँमा लु १ च ७४२५ नम्बरको बिरामी…

बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश

रासस/एपी – संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन गर्ने बताउनुभयो ।…

नयाँ वर्षदेखि जनकपुर–जयनगर रेल चल्ने

अजयकुमार साह धनुषा, ३० फागुन -रासस ।  वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया…

गैडाकोटमा फेरि भेटियो अर्को शंकास्पद वस्तु

नवलपरासी, ३० फागुन । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाको जयश्री पुल नजिकै रहेको बम डिस्फोड गरेको केही समय नवित्दै नजिकै अर्को शंकास्पद वस्तु फेला परेको छ । पुलदेखि केही दक्षिणतर्फ शंकास्पद वस्तु भेटिएको गैडाकोट प्रहरीले जनाएको छ । उक्त…