करवाकेली पुन युवा क्लबले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्दै

चितवन । पुर्वी चितवनको खैरहनी ९ मा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । करवाकेली पुन युवा क्लबले यहि माघ १३ देखि १७ गतेसम्म स्व. यम बहादुर पुनको स्मृति मा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता…

कावासोतीमा बोटे समुदायका महिला नेतृत्वलाई नेतृत्व विकास तालिम

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बोटे समुदायका महिला नेतृत्वहरुलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ । आदिवासी जनजाति महिला महासंघको आयोजनामा भएको तालिममा नवलपुर र चितवनका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र…

लागुऔषध सहित कावासोतीमा २ जना पक्राउ

कावासोती । पूर्वी नवलपरासीको कावासोती ८ खरकट्टा जंगलबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । कावासोती ८ खरकट्टा जंगलको सडकमा प्रहरीले चेकजाँचको क्रममा ध १ प ५६९१ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई लागुऔषध पक्राउ गरेको…

राप्रपा नवलपुरले कावासोतीमा अगुवा कार्यकता भेला गर्ने

कावासोती । राप्रपा जिल्ला कार्य समिति नवलपुरको बुधबार कावासोतीमा बसेको वैठकले माग ११ गते आइतबार कावासोतीमा अगुवा कार्यकर्ता भेला गर्ने निणर्य गरेको छ । जिल्ला अध्यक्ष दलबहादुर केसीको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।…

नवलपुर ग्रील तथा स्टील ब्यवसायी संघको पदस्थापना

९ माघ, नवलपुरः ग्रील तथा स्टील ब्यवसायी संघ नवलपुरले चियापान, पदस्थापना तथा बिदाई कार्यक्रम गरेको छ । शुक्रवार कावासोतीमा भएको कार्यक्रममा निवर्तमान कार्यसमितिलाई बिदाई तथा नवनिर्वाचित समितिलाई पदस्थापना सहित पद हस्तान्तरण भएको हो ।…

गैंडाकोटका ७ वटा वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिने

माघ ८, गैंडाकोट । गैंडाकोट नगरपालिकाका आधारभुत स्वास्थ्य केन्द्रमा परिचालन हुने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम प्रदान गरिएको छ । गैंडाकोट नगरपालिकाको स्वास्थ्य शाखाले नगरपालिकाका ७ वटा वडामा…

नारायणगढ–मुग्लिन खण्ड : सडक विस्तारपछि दुर्घटनामा कमी

भरतपुर । नारायणगढ–मुग्लिन खण्डमा सडक विस्तार भएपछि दुर्घटनाको संख्यामा कमी आएको छ । साँघुरो र भत्किएको सडक हुँदा यहाँ दुर्घटनाको जोखिम बढी थियो । चालू आर्थिक वर्ष ०७७/७८ को छ महिनामा नारायणगढ–मुग्लिन सडकमा १९ वटा सवारी दुर्घटना भएका छन्…

चितवनमा जनता आवास कार्यक्रम : सांसद्हरुबीच मतभेदले बजेट फ्रिजको सम्भावना

भरतपुर । जनता आवास कार्यक्रमअन्तर्गत अघिल्लो वर्षमा बजेट फ्रिज भयो, जसले गर्दा गत वर्ष बन्नुपर्ने १ सय ५० वटा जनता आवासका घरहरु बन्न सकेनन् । यसवर्ष पनि चितवनमा २ सयवटा घर जनता आवासका लागि परेको छ । अतिविपन्न, लोपोन्मुख, पिछडिएका…

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप

काठमाडौँ । नेपाललाई भारत सरकारले कोभिड–१९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार नेपाल आइपुग्ने छ । भारतले अनुदानका रुपमा खोप दिन लागेको हो । उसले नेपालसहित भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र…

बग्दादमा दुई आत्मघाती विस्फोट,२८ व्यक्तिको मृत्यु

एजेन्सी । इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ । बग्दादको ताइरन स्क्वाएरमा रहेको प्रयोग…