समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

पत्रकार पाण्डे मातृ शोकमा

नवलपरासी । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष रवि पाण्डेयलाई मातृ शोक परेको छ । पत्रकार पाण्डेयकी आमा नवलपरासीको बर्दघाट नगरपालिका ४ निवासी ६३ बर्षीय पार्वतीदेवी पाण्डेको बुधबार विहान निधन भएको हो । पाण्डेको बुधबार…

पत्रकार महासंघको स्थापना दिवसमा फलफूल वितरण

कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरले मंगलबार दोस्रो स्थापना दिवस फलफुल वितरण गरि मनाएको छ । २०७५ साल फागुन १८ गते स्थापना भएको शाखाले आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारी लक्ष्मीनारायण बृद्धाश्रम पिठौलीमा फलफूल वितरण गरि मनाएको…

एचआईभी संक्रमितको सवालमा ध्यान पुगेन– सरोकारवाला

नवलपुरः एचआईभी संक्रमित र प्रभावितहरुका सवालमा राज्यको ध्यान नपुगेको सरोकारवालाको गुनासो रहेको छ । स्थानीय पालिकाहरुको ध्यान र चासो दुबै नपुगेको नवलपुरमा आयोजित एक अन्तरक्रियाका सहभागीले बताएका छन् । नवलपरासीमा एचआईभी संक्रमित र…

शिलान्यासको डेढ बर्षः सुनवल अस्पताल निर्माण कार्य अलपत्र

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल वार्ड नम्बर ८ मा १५ शैयाको अस्पताल निर्माणका लागि डेढ वर्ष पहिला शिलान्यास गरीएको अस्पताल निर्माणको काम स्थानिय सरकारको अवज्ञाका कारण अस्पताल निर्माण अलपत्र परेको छ । संघिय सरकारका स्वाश्थ्य…

नवलपुरका साहित्यहरुको फोन डायरी

अर्जुन अविरल, १५ फागुन - देवचुली साहित्य समाज नवलपुरको आयोजनामा रचना वाचन कार्यक्रम आज दलदलेमा भएको छ । सोही कार्यक्रममा नवलपुरका साहित्यकारहरूको फोन नम्बर संकलन गरिएको नवलपुर साहित्य फोन डायरी विमोचन पनि गरिएको थियो । कवि लोकनाथ…

विनियोजित ऐनको संशोधन विधयेक पास गर्दै सकियो कावासोतीको नगर सभा

कृशला सापकोटा कावासोती । विनियोजित ऐन २०७७ को संशोधन विधयेक पास गर्दै पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको आठौं नगर सभा सकिएको छ । शुक्रबार कावासोतीका नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले पेस गरेको संशोधन विधयेक नगर सभाले सर्वसम्मत पास…

मध्यविन्दुको दुई वडा जोड्न गिरुवारी खोलामा पुल निर्माण सम्झौता

नवलपरासी, १३ फाल्गुन । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको वडा नं. ७ र १३ नम्बर वडा जोड्ने पक्की पुल निर्माण हुने भएको छ । यसका लागि सम्झौता समेत भएको मध्यविन्दु नगरपालिकाले जनाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा नवलपुरको…

सर्वोच्चको फैसलाको स्वागतमा कावासोतीमा नेकपाका सभा

कावासोती । सर्वोच्च अदालतले संसद पुनस्थापनाको पक्षमा गरेको फैसलाको स्वागत गर्दै नेकपा (प्रचण्ड–नेपाल) समूहले नवलपुरको कावासोतीमा स्वागत सभा गरेको छ । कावासोतीको सभापति चोकमा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु किसान गैरे, रविन्द्र…

देवचुलीमा जुवाको खालबाट १० जना पक्राउ

कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका दुई स्थानबाट प्रहरीले जुवाको खालबाट १० जनालाई नियन्त्रणमा लिएको छ । देवचुली १६ निवासी कमलप्रसाद अधिकारीको घरबाट २३ हजार २ सय ५० रुपैयाँ सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।…

संविधानकाे रक्षार्थ आगाेसंग खेलिरहेका छाैं : अमृता थापा

अखिल नेपाल महिला संघ, केन्द्रीय अध्यक्ष अमृता थापा मगरले संविधानकाे रक्षा गर्न आगाेसंग लडिरहेकाे बताएकी छन् । अखिल नेपाल महिला संघ, नवलपुर संघर्ष समितिले आज कावासाेतीमा अायाेजना गरेकाे जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम बाेल्दै…