दाउन्नेमा ठूलो पहिरो, सडक अवरुद्ध

प्रेमचन्द रौनियार - नवलपरासी । पूर्वपश्चिम राजमार्गको पश्चिमी नवलपरासीको वर्दघाट नगरपालिका ४ दाउन्नेको वाँसघारी र खुर्सानी खोला नजिक ठूलो पहिरो खसेको छ । पहिरोको कारण सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिमी नवलपरासीका…

पेरुमा डुङ्गा दुर्घटनामा परी २० को मृत्यु, कैयौँ बेपत्ता

पेरुमा भएको डुङ्गा दुर्घटनामा परी २० भन्दा बढीको मृत्यु भएको छ । घटनामा परी अरु ५० भन्दा बढी यात्रु हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेजन क्षेत्रको हुल्लाग नदिमा डुङ्गा दुर्घटना भएको आरपीपी रेडियोले समाचार प्रसारण गरेको छ…

नवलपुरमा अन्य प्रदेशमा दर्ता भएका यातायातको कर स्थगित लाईसेन्स नविकरण नहुदा समस्या

रामकुमार श्रेष्ठ नवलपुर । नयाँ जिल्ला नवलपुरमा नयाँ जिल्ला भएसँगै यातायात व्यवस्था कार्यालय पनि स्थापना भयो । यातायात व्यवस्था कार्यालय स्थापना भएसँगै यहाँका बासिन्दालाई सवारी चालकको नयाँ लाइसेन्स लिन, कर तिर्न, लाइसेन्स नविकरण गर्न चितवन,…

चितवनमा ३० कोरोना संक्रमित थपिँदा २०० जना संक्रमणमुक्त

चितवनमा पछिल्लो २४ घन्टामा जम्मा ३० जना कोरोना संक्रमित थपिँदा २०० जना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोना भाइरसका सक्रिय संक्रमित निरन्तर आरोलो लागिरहेको छ । भदौ ११ गते एक हजार ७११ मा रहेको संक्रमित…

१ हजार ३ सय किलो एसिडसहित ३ जना पक्राउ

अनुमति बिना घातक रासायनिक पदार्थ ‘एसिड’ ओसारपसार गर्ने ३ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका मीनबहादुर भारती, मोरङ घर भएका केशव सिंह र बाग्लुङका बल बहादुर बिक छन् ।…

नवलपुरमा पछिल्लो २४ घण्टामा  २३ जना नयां सक्रमित थपिए

नवलपुरमा कोभिड १९ को सक्रिय संक्रमितको संख्या घटेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार सक्रिय संक्रमितको संख्या २ सय १ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा  २३ जना नयां सक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय…

तनहुँ जलविद्युत् आयोजनाको कामप्रति जनप्रतिनिधिको चासो

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामप्रति तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले चासो व्यक्त गरेका छन् । आयोजनाको काममा भइरहेको ढिलाइप्रति चासो व्यक्त…

विराटनगर डिपोमा पार्किङ गरिएको ट्यांकर चोरी, एकजना पक्राउ

नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको छ । आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको हो । चोरीको आरोपमा प्रहरीले ट्यांकरसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–…

हुप्सेकोटमा ४ वर्षमा ९ किलोमिटर कालोपत्रे

नवलपुर । पूर्वी नवलवपरासीको हुप्सेकोटमा ४ वर्षमा ९ किलोमिटर बाटो कालोपत्रे गरिएको छ । जनप्रतिनिध निवार्चित भएयता पछिल्लो ४ वर्षमा ९ दशमलव ५९ किलोमिटर बाटो कालो पत्रे सम्पन्न भएको गाँउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताईन् । त्यसैगरी ९…

सत्ता गठबन्धनको मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति

काठमाडौँ / सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाली…